२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


र्‍यापर टेकअफको गोली हानी हत्या


3.991k
Shares

एजेन्सी । चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या भएको छ ।

अमेरिकाको ह्युस्टनमा मिगोस हिप हप समूहका र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको हो । २८ वर्षका टेकअफलाई ह्युस्टनको बलिङ गल्लीमा गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी तथा फ्यानहरुले श्रद्धाञ्जली दिइरहेका छन् ।

यो घटना त्यहाँको स्थानीय समय अनुसार मंगलबार दिउँसो २ः३० बजे भएको हो । गोली प्रहारपछि टेकअफकाे घटनास्थलमै मृत्यु भएकाे थियाे। उनीसँगै त्यस ठाउँमा उपस्थित अन्य दुई जनालाई पनि गोली लागेको थियो । तर, उनीहरुलाई तत्काल अस्पताल लगिएको थियाे ।

पासा (डाइस) खेल्दै गर्दा झगडा सुरु भयो र त्यही समय कसैले गोली हानेको समाचारमा उल्लेख गरिएको छ । उक्त घटना हुँदा घटनास्थलमा करिब ४०-५० जना मानिस थिए । घटनामा संलग्न रहेको अभियोगमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

टेकअफ आबद्ध रहेको मिगोस ब्याण्डले सन् २०१३ देखि लोकप्रियता प्राप्त गरेको थियो । र्‍यापर ड्रेकले यो समूहको गीतलाई रिमिक्स गरेर गाएपछि ब्याण्डको चर्चा चुलिएको थियो । बिलबोर्ड हट हन्ड्रेडमा यो ब्याण्डले चर्चित चार गीत पेस गरिसकेको छ।

नयाँ पुस्तामा निकै रुचाइएको मिगोस ब्याण्ड यसको मिगोस भनिने शैलीले परिचित समेत छ । टेकअफको जन्म सन् १९९४ मा जर्जियाको लरेन्सभिलमा भएको थियो ।