१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सन्दीप लामिछाने विरूद्धकाे मुद्दा ‘हेर्दाहेर्दै’मा


1.248k
Shares

काठमाडाैं । बलात्कार मुद्दा खेपिरहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरूद्धकाे मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार पनि थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हाे ।

बुधबार जिल्ला अदालत काठमाडौंमा दुवै तर्फका कानुन व्यवसायीले बहस गरेका छन् । तर, साे मुद्दामा अन्य कानुन व्यवसायीले पनि बहस गर्न बाँकी छ । पीडितका तर्फबाट ४ जना सरकारी वकिल र अन्य तीन जना कानुन व्यवसायीले बहस गरेका छन् ।

थुनछेक बहस सकिएपछि सन्दीपलाई थुनामा पठाउने वा धरौटीमा छाड्नेमध्ये एक आदेश हुने अदालतले जनाएकाे छ । सन्दीपका वकिलले बुधबार पीडित नाबालिग नभएको प्रमाण पेस गरेर सन्दीपलाई धरौटीमा छाड्न माग गरेका छन् ।