
फाइल तस्बिर
काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा समेत राख्नु भयो ।
जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाले बाधा अवरोध पु¥याउने भएकाले त्यसतर्फ सचेत रहन उहाँले सचेत गराउनुभयो ।
मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्