
काठमाडाैं । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको सक्रियताले केही वर्षदेखि अटेर गर्दै आएका विभिन्न हेलिकप्टर कम्पनीहरुले धमाधम राजस्व बुझाउन थालेका छन् ।
निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर ल्याण्डिङ गरेबापत दुई आर्थिक बर्षदेखिको करिब सवा करोड बेरुजु बुझाउन हेलिकप्टर कम्पनीले अटेर गर्दै आएको थिए ।
कार्यालयले कारबाही प्रक्रिया अघि बढाउने तयारीगरेसंगै कम्पनीहरुले राजस्व बुझाउन थालेका हुन् । आफुखुसी निकुञ्ज क्षेत्रमा उडान तथा अवतरण गर्दै आएका हेलिकप्टर कम्पनीहरुलाई निकुञ्जले कडाई गरेपछि एक करोड ११ लाख बढी राजस्व सङ्कलन भएको जनाइएको छ ।
निकुञ्जले आर्थिक वर्ष २०७८/०७९ मा १० वटा हेलि कम्पनीबाट एक करोड तीन लाख र आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिनाको अवधिमा आठ लाख राजस्व सङकलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिनुभयो ।
यसअघि ११ कम्पनीको एक करोड २५ लाख बढी बक्यौता थियो । प्रतिल्याण्डिङ तीन हजार रुपैयाँका दरले प्रत्येक दिन राजस्व बुझाउने प्रावधान रहेको छ ।
प्रतिक्रिया दिनुहोस्