
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रम सुरु गरेका छन्।
गठबन्धनकोतर्फबाट काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुले आज बिहिबारदेखि संयुक्त रुपमा घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ तथा पूर्वसभामुख ओनसरी घर्ती क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता ध्रुव केसी र क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का नेता भरतप्रसाद फूँयालसहित गठबन्धनमा आवद्ध दलका नेता-कार्यकर्ताको टोलीले घरदैलो गरेको हो ।
साेही टोलीले बिहिबार पेप्सीकोलादेखि नरेफाँटसम्म घरदैलो गरेको छ। मतदाताको घर–घरमा नमस्ते गर्दै पुगेका उम्मेदवारहरुले गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्