१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुपन्देहीमा दुई किशोरीलाई सामूहिक बलात्कार गर्ने नौ जना पक्राउ


1.287k
Shares

रुपन्देही । दुई किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन् ।

कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा १५ र १६ वर्षीया किशोरीलाई बुधबार राति अपहरण गरी बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का १८ वर्षका बबि पाण्डे, २६ वर्षीय रामबहादुर बिक, सैनामैना–११ बनकट्टिकी १९ वर्षीय पदम कार्की र गैडहवा गाउँपालिका–८ का १८ वर्षीय राहुल परियारलगायत रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गाउँमा लागेको सांस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा ती किशोरीहरुलाई १०/१२ जनाको समूहले गैडहवा गाउँपालिका–२ कुलीचौरस्थित कञ्चन खोलाको बगरमा सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकाको बयानका आधारमा घटनामा संलग्न अन्यको पहिचान खुल्ने प्रहरीले जनाएको छ ।