१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारामा गठबन्धनको निर्णायक कांग्रेस


741
Shares

बारा । नेपाली कांग्रेस बाराले जिल्लाको चार निर्वाचन क्षेत्रमध्ये एक क्षेत्रमा मात्रै उम्मेदवार उठाएपछि बाँकी तीन क्षेत्रमा गठबन्धलाई जिताउन कांग्रेस निर्णायक शक्ति बनेको छ ।

तीनै क्षेत्रमा सतारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न कांग्रेसले उम्मेदबारी नदिएपछि कांग्रेसको मतले गठबन्धनका उम्मेदवारले लाभ लिन सक्ने अबस्था बनेको हो ।

कांग्रेसले तीनै क्षेत्र छाडेकोमा केही स्थानीय नेता कार्यकताले स्वतन्त्र उम्मेदवारी दिएपनि जिल्ला नेतृत्वले गठबन्धनलाई सहयोग गर्न स्थानीय स्तरमै अपिल गर्न थालेपछि गठबन्धनका उम्मेदवारमा उत्साह थपिएको छ ।

क्षेत्र नम्बर १ मा कांग्रेसका उमाकान्त चौधरी मात्र गठबन्धनबाट कांग्रेसका उम्मेदबार रहेका छन् । बाँकी दुई, तीन र चारमा कांग्रेसले गठबन्धनका उम्मेदबारलाई सघाउने भएको छ ।

प्रतिस्पर्धी रहेको एमालेले बारामा एउटा क्षेत्र जसपालाई छाडेर बाँकी तीन क्षेत्रमा आफना उम्मेदबार खडा गरे पनि कांग्रेसको मत नै निर्णायक बन्ने हुँदा एमालेमा यसपटक पनि क्षति हुने देखिएको बताइन्छ ।

२०७४ को प्रतिनिधि सभाको निर्बाचनमा कांग्रेसले क्षेत्र नम्बर १ मात्र जितेको थियो । बाँकी तीन क्षेत्रमा मधेश केन्द्रित दलले जित हात पारेका थिए ।