१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च पुग्याे निर्वाचन आयोग


2.6k
Shares

काठमाडौं । निर्वाचन आयोग तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेकाे छ ।

आयोगले लाभको पदका सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनाउँदै त्यसको खारेजीको माग गर्दै निवदेन दिएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ कि उम्मेदवार डा.तोसिमा कार्कीको मनोनयन कायम राख्ने न्यायाधीश डा. कुमार चुडाल इजलासको अन्तरिम आदेशमा आयोगले असहमति जनाउँदै सर्वोच्च अदालत गएकाे हाे ।

सर्वोच्च अदालतबाट आदेश र म्याद तामेल नहुँदै अनौपचारिक रुपमा त्यसको कानूनी प्रतिवाद गर्ने तयारी थालेको निर्वाचन आयोगले म्याद बुझेको केही घण्टामै अन्तरिम आदेश खारेज हुनुपर्ने माग राखी निवेदन दिने निर्णय गरेको थियो ।