१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा विद्यार्थीलाई उत्तर पुस्तिका वितरण


442
Shares

बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका-१ ले आफ्नो वडाभित्र रहेका कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई वर्ष भरी पुग्ने गरी उत्तर पुस्तिका वितरण गरेको छ ।

वडा नम्बर १ मा रहेका ७ वटा विद्यालयमा अध्यनरत १ सय ८२ जना बालबालिकालाई उत्तर पुस्तिका वितरण गरेको हो । वडाभरी ७ वटा सामुदायिक विद्यालय र १ वटा निजी विद्यालय गरी ८ वटा विद्यालय रहेका छन् । निजीमा नर्सरीमा अध्यनरत बालबालिकालाई मात्रै उत्तर पुस्तिका वितरण गरिएको वडा नम्बर १ का वडा अध्यक्ष करणजंग सिंहले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/०८० को बजेटबाट विनियोजित २ लाख ५० हजार रकमबाट वडा भित्र रहेका बालबालिकाहरुलाई लक्षित गरी र शैक्षिक सुधार गर्ने उदेश्यले उत्तरपुस्तिका वितरण गरेको उहाँले बताउनुभयो। सात वटै विद्यालयहरुका प्रध्यानाध्यायपकहरुको जिम्मामा उक्त उत्तरपुस्तिका वितरण गरिएकाे हाे ।

दलित, गरीब, जेहेन्दार र टुहुरा बालबालिकाहरुका लागि उत्तरपुस्तिका उपलब्ध गराउने लक्ष्य वडा कार्यालयको थियाे । तर वडाभित्र रहेका कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको संख्या जम्मा १ सय ८२ जना मात्रै रहेका कारण सबै बालबालिकाहरुका लागि उत्तरपुस्तिका वितरण गरेको वडा अध्यक्ष सिंहले बताउनुभयो ।

साेही वडा भित्र रहेका बालबालिकाहरुले उत्तरपुस्तिका नभएका कारण विद्यालयबाट वञ्चित हुनु नपरोस भन्ने उदेश्यले स्थानीय सरकार आएको अनुभूति बालबालिका र अभिभावकहरुलाई पनि दिलाउने उदेश्यले उत्तरपुस्तिका वितरण गरिएको हो ।