३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सिन्धुलीमा निर्वाचन आचारसंहिताको बढ्दो उल्लघंन


65
Shares

सिन्धुली । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुली जिल्लाका स्थानीय तहका कार्यपालिका पदाधिकारी र सदस्यहरू सरकारी सवारी साधन समेतको दुरुपयोग गरी निर्वाचन आचारसंहिताविपरित चुनावी प्रसारप्रसारमा तीव्र रुपमा लागेका छन् ।

सिन्धुली जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु निर्वाचनआचारसंहिताविपरीत स्थानीय तहका जनप्रतिनिधि (कार्यपालिकापदाधिकारी र सदस्य)हरू आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्ने अभियानमा क्रियाशिल भएका हुन् ।

निर्वाचन आयोगले असोज २६ गते विज्ञप्ति प्रकाशित गरी निर्वाचन आचारसंहिताअनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने साथै आफू निर्वाचित भएका स्थानीय तह बाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचार गर्न चाहे सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी आचारसंहिता प्रतिकुल नहुने गरी संलग्न हुन सकिने व्यवस्था गरेता पनि सिन्धुली जिल्लाका अधिकांश स्थानीय तहका कार्यपालिका सदस्यहरू आफू आबद्ध राजनीतिकदलको उम्मेदवारको प्रचारप्रसारमा सरिक भएका छन् ।

जनप्रतिनिधिले आफ्नो क्षेत्रमा प्रत्यक्ष जनतालाई भेटेर तथा सामाजिक संजाल फेसबुक पेजमार्फत खुलेआम आफ्ना दलका उम्मेदवारहरुलाई मत मागिरहेका छन् ।

निर्वाचनआयोगले स्थानीय तहको कार्यपालिका पदाधिकारी र सदस्यहरूले निर्वाचत आचारसंहिताविपरीत कार्य गरेको पाइए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कारबाही गर्न स्पष्टीकरण सोधी तत्काल कारबाहीको प्रक्रिया अघि बढाउने बताएता पनि सो तथ्यको कुनै कार्यन्वयन हुन सकेको छैन ।

सिन्धुलीको गोलन्जोर गाउपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने पुकारलाई जिल्लानिर्वाचनकार्यालय सिन्धुलीले स्पष्टीकरण मागेको छ । निर्वाचनआचारसंहिताविपरित काम गरेको भन्दै निर्वाचन कार्यालय सिन्धुलीले पुकारलाई स्पष्टीकरण मागेको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उपाध्यक्षउन्ले आफ्नो फेसबुक पेजबाट राजनितिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार सामाग्री सेयर गरेको साथै भोट मागेको भन्दै लिखित स्पष्टीकरण मागेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले एक सुचना निकाल्दै जानकारी दिएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको आचारसंहिता उल्लघंन गर्ने मध्ये उपाध्यक्ष पुकार निर्वाचन कार्यालयबाट स्पष्टीकरण मागिएको पहिलो व्यक्ति हुन् । उपाध्यक्षपुकार नेकपामाओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ ।