१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विष्णु पौडेलले गरे आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक


65
Shares

काठमाडाैं । नेकपा एमाले उपाध्यक्ष एवं रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

बुटवलमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उपाध्यक्ष पौडेलले आफूले सार्वजनिक गरेको प्रतिबद्धता पूरा गरेरै छोड्ने संकल्प दोहोर्‍याउनुभयो ।

पौडेलले यसअघि पनि आफ्नो आफूले सधैं उच्च प्राथमिकता दिँदै आएको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना तीब्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

पौडेलले आफ्नो प्रतिबद्धतापत्रमा बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन, यसअन्तर्गतका सहरलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोड्नेलगायत योजना समावेश गर्नुभएको छ ।