१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कपः लुम्बिनी र आर्मी विजयी


65
Shares

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलमा लुम्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी विजयी भएका छन् ।

प्रदेश १ माथि आईतवार ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलन सम्भावना जीवितै राखेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा समूह ‘बी’को चौथो खेलमा लुम्बिनी प्रदेशले दिएको २ समय ९१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ५१ रनमा समेटियो ।

प्रदेश १ का लागि दुई खेलाडीले अर्धशतकीय इनिङ खेलपनि टोलीको हार टार्न सकेनन् । यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो ।

यस्तै,आईतवार नै मुलापानी मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशमाथि ६९ रनको जित निकालेको छ । समूह तालिकामा एक स्थानमाथि रहेको गण्डकीलाई हराउने क्रममा आर्मीका सुशन भारीको ५ विकेटको सहयोगमा आर्मीले सहज जित निकालेको हो ।

४७.४ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३३.२ ओभरमा मात्र ९६ रन जोड्न सक्यो । यो जितसँगै आर्मीले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल सम्भावना कायमै राखेको छ ।

प्रतियोगितामा सोमवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा वागमती प्रदेश र मधेस प्रदेश तथा मुलपानी मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ ।