
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गर्नु भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आइतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको सामूहिक छलफलमा प्रमुख आयुक्त थपलियाले मतपेटिका साटिनेमा आशंका नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्याउँदै आगामी निर्वाचनमा त्यस्तो कहीँकतै हुन नदिने दृढता समेत व्यक्त गर्नुभयो । सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा सो आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइका साथ लागि परेको समेत बताउनु भयो ।
उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि अनुरोध गर्दै सम्बन्धित सबै पक्षले खबरदारी गरिदिनुपर्ने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरुको अनुभवलाई आत्मासात गरेर अघि बढने समेत बताउनु भयो ।
निर्वाचन आयोगले निर्वाचनमा करिव १० हजार पर्यवेक्षकहरु परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तिमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्