८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


देशभरकाे माैसमकाे अवस्था कस्ताे छ त ?


260
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (सोमबार) बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही रहेको छ । साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेभएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

सोमबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।