१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चलचित्र ‘लाखे’ को टिमद्वारा लाखे नाच प्रस्तुत


1.495k
Shares

काठमाडौं । नेपाली चलचित्र ‘लाखे’ को टिमले काठमाडौंमा लाखे नाच प्रस्तुत गरेको छ ।

सोमबार काठमाडौंको गोंगबुस्थित बिजी मल अगाडि लाखे नृत्य प्रस्तुत गरेको हो। कार्यक्रममा अभिनेता सौगात मल्ल, प्रशान्त ताम्राकार, आर्यन अधिकारी लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो ।

चलचित्रको प्रचारका लागि चलचित्र निर्माण टिमले मुखुण्डो लगाएर चलचित्रको प्रचार गरेको हो । कार्यक्रममा बोल्दै अभिनेता सौगात मल्लले नेपाली चलचित्र लाखेलाई सबै नेपालीहरूले हेर्नुपर्ने चलचित्र रहेको बताएका छन् । त्यस्तै, अभिनेता प्रशान्त ताम्राकार र आर्यन अधिकारीले पनि नेपालीहरूले नेपाली चलचित्रलाई माया गरेर हलमा पुगी चलचित्र हेर्नेमा आशावादी रहेको बताए ।

चलचित्रमा सौगात मल्ल, अनुपविक्रम साही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ ।

सुजन प्रजापतीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ । सिजन अर्यालको कथा रहेको यस चलचित्रमा निर्माता पनि आर्याल नै रहेका छन् ।

निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यस चलचित्रमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । चलचित्र टिमले गत शुक्रवारबाट देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको चलचित्रको प्रचारप्रसार गरिरहेको छ । गत शुक्रवारबाट प्रदर्शनमा आएपनि चलचित्रले उल्लेख्य सफलता भने हासिल गर्न सकेको छैन ।

कार्तिक १२ गते प्रदर्शनमा आएको चलचित्र महापुरुष हेर्ने दर्शक दोस्रो सातामा पनि बढीरहँदा लाखेले भने सोचेअनुसारको दर्शक पाउन सकेको छैन ।