
सिन्धुली । आगामी मंसिर ४ गते हुने निर्वाचन आउन दुई साता बाँकी रहदा सिन्धुली जिल्लाको दुई प्रतिनिधिसभा क्षेत्र र ४ प्रदेशसभा क्षेत्रमा निर्वाचन सम्पन्न गराउन सुरक्षालगाएतका तयारीहरु पूरा भएको छ ।
मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सिन्धुली जिल्लाको क्षेत्र नं १ मा कुल १ लाख ७ हजार १ सय ३६ मतादाता रहेका छन् भने मतदान केन्द्र १ सय ३६ वटा रहेका छन् । क्षेत्र नं २ मा कुल १ लाख १ हजार २ सय ३३ मतदाता रहेका छन् भने कुल मतदान केन्द्र संख्या १ सय ३० वटा रहेको छ ।
जिल्लाका सबै मतदाताहरूलाई सुरक्षित र भयरहित रुपमा मतदान गराउनका लागि आवस्यक सुरक्षा प्रबन्ध पुरा भइसकेको जनाइएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी जिल्लामा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाइएको जिल्ला प्रहरी प्रमुख विमलराज कडेँलले बताउनुभयाे ।
जिल्लाप्रहरी कार्यालय मातहतका सबै युनिटलाई आवश्यकता अनुसार परिचालन गरी गाउँदेखि शहरसम्म सबै स्थानमा सुरक्षाव्यवस्था प्रबन्धमिलाउन ९ वटै पालिकामा ९ सयको हाराहारीमा सुरक्षाकर्मीहरू परिचालन गरिने जनाईएको छ ।
जिल्ला स्थित सुरक्षानिकायले जिल्ला स्थित विभिन्न राजनीतिकदलहरू र निर्वाचनका उम्मेदवारसँग समन्वय गरेर चुनावी कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आवश्यक मात्रामा सुरक्षा प्रवन्ध मिलाइएको जनाएको छ ।
निर्वाचनलाई सम्पन्न गराउनका लागि निर्वाचन आयोगबाट मतपत्र, मतपेटिका लगाएतका सबै खाले बन्दोबस्तीका सामगीहरू जिल्ला सदरमुकाम सिन्धुलीमाडी स्थित मुख्यनिर्वाचन अधिकृत्को कार्यालयमा आइसकेको छ ।
मतदानका लागि आवस्यक सबै खाले सामग्रीहरू मतदान स्थलमा पठाउनका लागि आवस्यक प्याकिङको तयारी भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्