
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४८ जनाको नमूना परीक्षण गरिएकोमा १५ जनामा कोरोना संक्रमण देखिएकाे हाे ।
८ सय ८७ जनाको पीसीआर र ६ सय ६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार ८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्