१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सिन्धुलीमा बढ्यो पेट्रोल पम्प व्यवसाय


208
Shares

सिन्धुली । सिन्धुली जिल्लालाई समेट्दै वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पललाल मध्यपहाडी लोकमार्गको निर्माण भएपछि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी लगायत राजमार्ग आसपासका क्षेत्रहरुमा पेट्रोल पम्प व्यवसाय स्थापना गरी संचालन गर्ने क्रम बढेर गएको छ ।

वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पललाल मध्यपहाडी लोकमार्गको आसपासमा विगत पाँच वर्षको बीचमा एक दर्जन भन्दा बढीको संख्यामा सवारी साधनहरुकालागि ईन्धन भर्ने पट्रोल पम्प व्यवसाय स्थापना र संचालन भएका छन् ।

सिन्धुलीमा विगत केही वर्षयता सार्वजनिक यातायातका सवारी साधनहरुको संख्या बढेर संचालन हुन थालेपछि सोे संख्यामा पेट्रोल पम्पहरु संचालनमा आएका हुन ।

सदरमुकाम सिन्धुलीमाडी आसपासमा संचालनमा रहेका यी पेट्रोल पम्पहरुले जिल्ला सदरमुकाम सिन्धुलीमाडीका सरकारी तथा गैर सरकारी कार्यालय तथा संघ सस्थाका सवारी साधनहरु नीजि मोटर साइकलहरु र वीपी राजमार्गमा संचालन हुने सार्वजनिक याताायातका सवारी साधनहरुलाई पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका छन् ।

सिन्धुली जिल्लाका विभिन्न स्थानमा संचालन भएका पेट्रोल पम्पहरुबाट मासिक एक अर्बको हाराहारीमा कारोबार गर्दै आएका छन् ।