
काठमाडौं । आर्सनल इएफएल कप अर्थात् काराबाओ कप फुटबलको तेस्रो चरणबाट बाहिरिएको छ ।
बुधबार राति ब्राइटनसँग ३–१ ले पराजित हुँदै आर्सनल बाहिरिएको हो ।
खेलको २० औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा ड्यानी वेल्बेकले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा ल्याए ।
५८ औं मिनेटमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २–१ को अग्रता दिलाए । त्यसपछि ७१ औं मिनेटमा तारिक लाम्पटेले गोल गर्दै ब्राइटनलाई ३–१ को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्