
एजेन्सी । भरतीय टिभी अभिनेत्री शर्लिन चोपडाले अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा र निर्देशक साजिद खानमाथि यौन दुराचारको आरोप लगाएकी छन् ।
शर्लिनले हालै अभिनेत्री राखी सावन्तविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । राखिले साजिदलाई समर्थन गरेको भन्दै शर्लिनले नोभेम्बर ७ मा राखीविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् ।
यसैबीच हालै राजले आफ्नो पछिल्लो ट्वीटमा शर्लिनप्रति कटाक्ष गरेका छन् । । यससँगै उनले शर्लिनलाई समाजका लागि खतराको रुपमा व्याख्या गर्दै छिट्टै गिरफ्तार गर्नुपर्ने बताएका छन् ।
ट्वीटमा राजले शर्लिनलाई निसाना बनाउँदै केही मानिसलाई भुक्ने बानी हुन्छ र कोही अरुको जीवनमा औंला उठाउन रुचाउँछन् । यस्ता मानिसको वास्तविकता छिट्टै सबैलाई थाहा हुन जरुरी छ भनेर लेखेका छन् । साथै राजले आफूलाई घृणित आरोप लगाउने शर्लिन आफैं पोर्नोग्राफिक सामग्री उत्पादन गरिरहेकी बताएका छन् । पोर्नोग्राफिक सामाग्री उत्पादन गर्ने महिलाले र महिला अधिकारको कुरा गर्न नसुहाउने राजको तर्क छ ।
गत वर्ष जब राज पोर्नोग्राफी मुद्दामा फसेका थिए । त्यस क्रममा शर्लिनले राज र शिल्पामाथि ठगी र मानसिक उत्पीडनको आरोप पनि लगाएकी थिइन् । यस बाहेक ५० करोडको मानहानीको मुद्दा पनि दर्ता गरेकी थिइन् । पोर्नोग्राफीमा शर्लिनले राजसँग सम्झौता भएको आरोप लगाएकी थिइन् ।
उक्त समय मुम्बई प्रहरीको अपराध शाखाले अश्लील फिल्म बनाएर एप मार्फत रिलिज गरेको भन्दै राजविरुद्ध मुद्दा दर्ता गरेको थियो । यी आरोपका कारण राज जेल पनि गएका थिए तर, जमानतमा बाहिर आएपछि उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्