१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भ्रष्टाचार अन्ते गर्ने शक्तिलाई आगामी निर्वाचनमा निर्वाचित गर्नुपर्छ : नेता भण्डारी


715
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारील यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताउनुभयो । नेता भण्डारीले नेताहरुले लुटेको सम्पतीलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताउनुभयो ।

उहाँले राजनीतिक दलहरुले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरुलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताउनुभयो । नेता भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यक्ता भएको बताउनुभयो ।

उहाँले नेपाली राजनीतिमा बेइमान नेताहरु भएको बताउनुभयो । बेइमान नेताहरुका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको बताउनुभयो । उहाँले खरको छाना हालेर बस्नेहरुलाई गरिब भनेर बिस्थापित गर्ने र अहिले शहरमा खरकै छाना बनाएर करोडौं कमाइरहेको बताउनुभयो ।

नेता भण्डारीले मुलुकलाई दुरावथामा पुर्‍याउने नेताहरुलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताउनुभयो । उहाँले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।