१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोरङ – ३(क) मा मनोनयन दर्ता


598
Shares

काठमाडौं । मोरङ ३ (१) मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिको समय सीमाभित्र कांग्रेस महासमिति सदस्य लिम्बुले बिहीबार उम्मेदवारी दर्ता गराउनुभएको हो । कांग्रेसका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री ५६ वर्षिय शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बुलाई उम्मेदवार बनाएको हो ।

बेलबारी-८ का लिम्बू नेवि संघ मोरङका पूर्वअध्यक्षका साथै जिल्ला संगठनको समेत नेतृत्व गरिसकेका त्यस क्षेत्रका चर्चित अनुहार भएकाले पार्टीले उम्मेदवार बनाएपछि उम्मेदवारी दर्ता गराएको कांग्रेसका जिल्ला सदस्य भोजराज बस्नेतले बताउनुभयो ।

पार्टीले मोरङ-३ मा कांग्रेसका उम्मेदवार सुनील शर्मालाई आफूलाई जित्न सहज हुने उम्मेदवार छान्न जिम्मेवारी दिएको थियो । उनले आफूलाई अनुकूल हुनुका साथै आदिवासी जनजातिको बाहूल्य रहेको उक्त क्षेत्रमा लिम्बूलाई उम्मेदवार बनाउनुपर्ने भनेपछि पार्टीले टिकट दिएको बस्नेतको भनाइ छ ।

लिम्बूको यस क्षेत्रमा एमालेका उम्मेदवार पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख दिलीपकुमार राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीर्थबहादुर गुरुङलगायतसँग चुनावी प्रतिस्पर्धा रहेको छ ।