३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा दोहोरो अंकको गिरावट


169
Shares

काठमाडौं । साताको अन्तिम दिन पनि नेप्सेमा दोहोरो अंकको गिरावट जारी रह्यो ।

नेप्से लगातार चौथो कारोबार दिन पनि झरेर पुनः १९ सय तल आइपुग्यो ।

कारोबार पनि अर्ब हाराहारीमा खुम्चियो । उतार चढावबीच बजार परिसूचक नेप्से २३ अंकले घटेर १८ सय ९३ अंकमा आएर थामियो । कारोबारमा आएका सबै समूह राताम्मे रहँदा निर्जीबन बीमा समूह सबैभन्दा उच्च ८८ अंकले झर्यो । जीवन बीमा समूह पनि ७० अंक बराबरले ओरालो लाग्दा अरु पनि अधिकांश समूहमा दोहारो अंकको गिरावट आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २६ कम्पनीको ३१ लाख कित्ता शेयर १ अर्ब ११ करोड बराबरमा खरीदविक्री भएको एक्सचेन्जले जनाएको छ । यसमध्ये १ सय ७१ कम्पनीको शेयरमूल्य ओरोलो लाग्दा मात्र १३ कम्पनीको मूल्य बढेको छ । यस दिन अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च ७ प्रतिशत बराबर गुमाए ।