९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थपिए १६ जना कोरोना संक्रमित


117
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३७ जनाको नमूना परीक्षण गरिएको थियो ।

६ सय १४ जनाको पीसीआर र १ हजार २ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार १३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।