१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्र सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन


104
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार नेपाल–चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर भइ निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिक रुपमा समृद्धि हुन नसक्ने बताउनुभयो । नेपालमा उत्पादित वस्तु चीनमा निर्यात बढाउनको लागि नेपाल–चीन उद्योग वाणिज्य संघ लगायतका संस्थाले समन्वय र सहकार्य गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

कार्यवाहक राष्ट्रपति पुनले नेपाल एक चीन नीति प्रति संधै प्रतिवद्ध रहेको बताउनुभयो । नेपाल र चीनबीच पुरानो सम्बन्ध रहेको भन्दै उहाँले दुई वर्षअघि चीनका राष्ट्रपतिको नेपाल भ्रमण पश्चात चीनसँगको सम्बन्ध थप नयाँ उचाईमा पुगेको तर्क गर्नुभयो ।