८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


काठमाडौं-१० मा कांग्रेसका केसी विरासत जोगाउने कसरतमा


247
Shares

काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन अब केही दिनमात्र बाँकी रहँदा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० का राजनीतिक दल र उम्मेदारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

राजनीतिक दल र उम्मेदवारहरु आ-आफ्ना चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न निकै कसरत गरिरहेका उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राजन केसीले स्थानीय आवश्यकता अनुसार यो क्षेत्रको विकास गरेकाले यसपटक पनि जित हासिल गर्ने दाबी गर्नुभयो ।

केसी यसअघिका दुवै निर्वाचनमा विजयी हुनुभएको थियो । केसीका निकटत्म प्रतिष्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार हिमेस केसीले पनि मतदाताको परिर्वतनको चाहना र पार्टीको एजेण्डाका कारण मतदाताले आफुलाई विजयी गराउने विश्वास व्यक्तगर्नुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर १०मा नेकपा माओवादी केन्द्रले पनि अञ्जना विसंखेलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रका मतदाताहरुले भने विकासप्रेमी नेतालाई मत दिने बताएका छन् । ७६ हजार मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर १० मा किर्तिपुर नगरपालिकाका १०, चन्द्रागिरि नगरपालिकाका १० र दक्षिणकाली नगरपालिकाका ९ वडा रहेका छन् ।