२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व हो : गृहमन्त्री खाँण


520
Shares

काठमाडौं । गृहमन्त्री एवम् नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनले जनताको जीवनलाई बदल्ने संकल्प लिएकाले सोही गठबन्धनलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आम मतदाताले साथ दिनुपर्ने उहाँको भनाई थियो । शुक्रबार भैरहवामा आयोजित नेपाल महिला संघको रुपन्देही भेलामा बोल्दै उहाँले पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा विजयी भए मुलुकमा आर्थिक क्रान्तिको सुरुवात हुने आश्वासन समेत दिनुभयो ।

गृहमन्त्री खाँणले मुलुकमा ठूलठूला राजनीतिक परिवर्तन अहिले सत्तामा रहेका दलहरुको नेतृत्वमा सम्भव भएकाले मुलुकको आर्थिक क्रान्ति पनि सोही दलहरुको नेतृत्व सम्भव हुने तर्क समेत गर्नुभयो ।

गृहमन्त्री खाँणले पाँच दलीय गठबन्धनकै नेतृत्वमा मुलुकमा गरिबी हट्ने र रोजगारीको अवसर उपलब्ध गराउन सकिने जिकीर पनि गर्नुभयो । त्यस अवसरमा उहाँले रुपन्देहीलाई देशकै आर्थिक विकासको केन्द्र बनाउन आफूले चाहेको दोहोर्‍याउनु भयो ।