२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संविधान धरापमा परेपछि गठबन्धन जन्मियो : अध्यक्ष दाहाल


1.027k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहालले संविधान लोकतन्त्र विरोधीहरुबाट धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका दाहालले सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभामा संविधान रक्षाका लागि वर्तमान वामलोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताउनुभयो ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाउनुभयो । ओलीकै कारण संविधान धरापमा परेको उहाँको भनाइ थियो । दाहालले नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको दावी गर्नुभयो ।