
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन प्रयोगमा ल्याएको छ ।
सो उपकरणको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन ल्याउन मनमोहन अस्पताल सफल भएको बताउनुभयो । उहाँले यसले उपचारमा ठूलो सहयोग पुग्ने बताउँदै अस्पतालले यसअघि नै कार्डियो भास्कुलर हाइब्रिड थिएटर पनि ल्याएको जानकारी दिनुभयो ।
अन्य सरकारी तथा निजी अस्पतालमा उक्त अपरेसन थिएटर नभएको उहाँको भनाइ छ । निर्देशक श्रेष्ठका अनुसार अत्याधुनिक यो उपकरणसँगै भारतमा पाइने हाराहारीकै उपचार सेवा सरकारी अस्पतालबाट उपलब्ध भइरहेको छ । कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिनामा २५ बिरामीले सेवा लिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्