१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


देशका केही भागमा हल्का वर्षा र हिमपातकाे सम्भावना


91
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा हुने भएकाे छ । साथै हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको समेत सम्भावना रहेको छ।

शनिबार राति भने प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।