
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ यतिबेला चर्चामा रहेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत र एमाले नेता शेरबहादुर तामाङ निर्वाचनका लागि मैदानमा उत्रिनुभएको छ । उहाँहरुबीच अहिले प्रतिस्पर्धा चलेको छ । २०७० र २०७४ मा निर्वाचन जित्नुुभएका तामाङले अहिले तेस्रो पटक पनि जित्ने विश्वास राख्नुभएको छ । विगतमा उहाँलाई निर्वाचन जित्न सहज देखिए पनि यो पटक भने नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत निर्वाचन क्षेत्र नम्बर २ मा होमिएपछि दुई पटक निर्वाचन जितेको शेरबहादुर तामाङलाई हम्मे हम्मे परेको छ ।
तामाङ अहिले रक्षात्मक तरिकाले लागि पर्नुभएको छ भने, बस्नेत आक्रमक तरिकाले चुनावी मैदानमा हुनुहुन्छ । २०७० मा निर्वाचन क्षेत्र ३ रहेको सिन्धुपाल्चोकमा तामाङले २०७० मा साविक क्षेत्र नम्बर ३ बाट निर्वाचन जित्नु भएको थियो भने २०७४ मा २ क्षेत्र भएपछि वाम गठबन्धनको आडमा जित्नु भएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएपछि बस्नेतले माओवादी केन्द्रलाई निर्वाचन क्षेत्र नम्बर १ छोडेर २ मा निर्वाचन लड्नुभएको हो ।
२०१५ सालपछि कांंग्रेसले जित निकाल्न नसकेको यो क्षेत्र बस्नेतको लागि क्षेत्र नम्बर २ अवसर बनेको छ । यो क्षेत्रमा बस्नेतको जित भए कांग्रेसको विजयलाई उदाउने छ भने उहाँ जिल्लाको जुन क्षेत्रबाट निर्वाचन लडेपनि जित हुन्छ भन्ने एउटा दर्विलो राजनीति उदाहरण बन्न सक्नेछ ।
अहिले एमाले नेता तामाङ भने आफ्नो गढ मानिएकाले आसन्न मंसिर ४ निर्वाचन जितेर फेरि संसदमा प्रतिनिधित्व गर्ने रणनीतिक दाउ हेरिरहनुभएको छ । तर बस्नेतले भने आफू काम गर्ने र जनताको हरेक सुखदुःखमा साथ दिने व्यक्ति भएकोले शेरबहादुर तामाङलाई आफूले निर्वाचन हराउन सक्ने दावी गर्दै आउनुभएको छ ।
अहिले बस्नेतले निर्वाचन जिते तामाङको राजनीति यात्रा भने लागभग पूर्णबिराम लाग्ने जस्तै देखिन्छ । तामाङलाई रोक्न र कांग्रेसलाई विजयी गर्न बस्नेत आक्रमक देखिनुहुन्छ ।
अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट शेरबहादुर तामाङले ३८५५० मत प्राप्त गनुएभएको थियो कांग्रेस, राप्रपाको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पशुपतिशमशेर राणाले ३०३०६७ मत प्राप्त गर्नुभएको थियो । पछिल्लो समय सिन्धुपाल्चोकका राजनीतिक आलोचना र अवसरवादको आरोप खेपेका तामाङलाई निर्वाचन जित्न फलामको चिउरा चपाउनु सरह बनेको छ । भने बस्नेत कांग्रेस, माओवादी केन्द्र र समाजवादीको साझा उम्मेदवार भएकोले उनलाई जित निकाल्न सहज बन्दै गएको छ ।
तर बस्नेत र तामाङ यस अघिका प्रतिस्पर्धि भने होइनन् । २०७० मा बस्नेत निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो भने तामाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो ।
सिन्धुपाल्चोकको राजनीतिक क्षेत्रलाई बुझ्ने हो भने अमृतकुमार बोहरा, पशुपतिशमशेर राणा र त्यसपछि पछिल्लो समय मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकलाई चिनाएका हुन । बस्नेत राजनीतिक खेलाडी मानिन्छ । उहाँ कडा स्वाभाव र जनताको गुनासो सुन्ने नेताका रुपमा चिनिनुहुन्छ ।
२०७४ को स्थानीय तहको मत र निर्वाचन हेर्दा एमालेले जिल्ला समन्वय समिति एक्लैले बनाएको थियो । भने १२ स्थानीय तहमा २ नगरपालिकासहित ५ गाउँपालिका जितेको थियोे । ७४ कै प्रदेश र प्रतिनिधिसभामा सिन्धुपाल्चोकबाट नेकपा एमालेले निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र क्षेत्र नम्बर १ को २ प्रदेश जितेको थियोे । तर ७९ को आसन्न मंसिर ४ को निर्वाचन भने सिन्धुपाल्चोकमा एमालेलाई चुनौतिको विषय बनेको छ । एमालेमा फुट नआउँदा सिन्धुपाल्चोकका सधैं अगाडि रहने एमाले अहिले फुटको असरले खुम्चिएको । तर नेकपा एमाले भने कांग्रेस र माओवादी केन्द्र विवाद बढ्दै गए आफूहरु निर्वाचन जित्ने दाबी प्रस्तुत गरिरहेका छन् । सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीको तालमेल नहुनु र पछिल्लो समय क्षेत्रगत विषयमा कांग्रेस असन्तुष्ट हुनुलाई नै एमालेले प्रचारप्रसार गरिरहेको छ ।
सिन्धुपाल्चोक प्राकृति विपत्ति झेलिरहने जिल्लामा पर्छ । याहाका दलहरुले जनताको पीडामा काम गर्न नसक्दा चुनावी एजेन्डा भने बन्न सकेको छैन । २०७४ को निर्वाचन पछि तत्कालीन बामहरुले सिन्धुपाल्चोक विपत्तिमा काम गर्न सकेका थिएनन् । त्यतिबेला सिन्धुपाल्चोकले तीन ठूला विपत्ति झेल्नु परेको थियोे ।
स्थानीय तह निर्वाचनको मतपरिणामलाई हेर्दा गठबन्धन बलियो देखिन्छ । गठबन्धन दल एमालेभन्दा १६ हजार २ सय ४९ मतले अगाडि छ । गठबन्धनसँग ४७ हजार २५ म र एमालेसँग ३१ हजार ७ सय ७६ मत छ । स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको भोटको आधारमा कांग्रेसले २९ हजार २ सय ९३,मत पाएको छ । त्यस्तै, माओवादी केन्द्रले १६ हजार ६९ ल्यायो भने एकीकृत समाजवादीले १ हजार ६ सय ६३ मत पाएको हो ।
स्थानीय निर्वाचनको मतपरिणाम अनुसार १६ हजारभन्दा बढी मतले पछि रहेका शेरबहादुर तामाङ अहिले आफ्नो जित रक्षाका लागि निकै दौडधुप गरिरहनुभएको छ भने बस्नेत ढुक्क देखिनुहुन्छ । निर्वाचन प्रचारप्रसारमा भने दुवै नेता सक्रिय देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्