
फाइल तस्बिर
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पश्चिम सेती निर्माण गर्ने आश्वासन दिनुभएको छ ।
आज सुदूरपश्चिम प्रदेशको डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विगतमा विविध कारणले आयोजना सम्पन्न गर्न सम्भव नभए पनि निर्वाचन पछि बन्ने एमाले सरकारले आयोजना पूरा गरेरै छाड्ने बताउनुभयो ।
पश्चिम सेतीको निर्माण पछि यो ठाउँले नयाँ विकासको मार्ग लिने उहाँको दाबी छ । सुदुरपश्चिमका विभिन्न क्षेत्रमा प्राविधिक शिक्षालय स्थापना गर्नका लागि एमाले नेतृत्व तयार रहेको उहाँको भनाइ छ ।
यस्तै उहाँले भूकम्प पीडितका लागि राहत र उद्धारका काम तत्काल गर्न सरकारसँग माग समेत गर्नुभयो । जनतालाई परेको पिरमर्कामा मलम लगाउन सरकारले ढिला गर्न नहुने उहाँको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्