१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रिमियर लिगका आठ खेल हुँदै


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठ खेल हुँदैछन् ।

प्रिमियर लिगमा आज आर्सनल, म्यानचेस्टर, लिभरपुल, चेल्सी, टोटेनहम लगायतका टोलीको खेल हुँदैछन् ।

शीर्ष स्थानको आर्सनलले उल्भ्ससँग प्रतिस्पर्धा गर्ने छ । आर्सनल र उल्भ्सबीचको खेल नेपाली समय अनुसार राति १ः३० बजे सुरु हुने छ । यस्तै, म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्ने छ ।

खेल साँझ ६ः१५ बजे सुरु हुने छ । लिभरपुलले राति ८ः४५ बजेबाट साउथह्याम्पटनको सामना गर्ने छ । यसै समयमा हुने अन्य खेलमा एभर्टनले बर्नेमाउथ, टोटेनहमले लिड्स, लेस्टरले वेस्ट ह्याम र क्रिस्टल प्यालेसले नटिङघम फरेस्टको सामना गर्ने छ ।

त्यस्तै, चेल्सीले न्युकासलसँग खेल्ने छ । न्युकासलको मैदानमा हुने खेल राति १०ः१५ बजे सुरु हुने छ ।