
काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बेलुका ८ बजेर १२ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट भएको क्षतिबारे विवरण प्राप्त भएको छैन ।
उक्त भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ ।
यसअघि कार्तिक २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीन वटा भूकम्प गएका थिए ।
प्रतिक्रिया दिनुहोस्