१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारा-१ मा चुनाव जित्ने रणनीतिमा उमाकान्त चौधरी


637
Shares

बारा । बाराको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले आफ्नो निरन्तर जितलाई यस पटक पनि पुन: कब्जामा राख्ने रणनीति बनाउनुभएकाे छ ।

स्थानीय तहकाे चुनावमा नेकपा एमालेको पकड क्षेत्र भत्काउन सफल हुनुभएका चौधरीलाई एमालेकै स्थापित नेताको स्वतन्त्र उम्मेदवारीको सक्रियताले उहाँको रणनीति बलियो बन्ने आधार बन्दै गएको देखिएको हो । सत्तारुढ गठबन्धनले प्रतिस्पर्धी मानिएको एमालेलाई धक्का दिन सक्ने बलियो उम्मेदवार भन्दै पूर्वमन्त्री समेत रहनुभएका चौधरीलाई कांग्रेसले अघि सारेपछि सुरु भएको चुनावी माहाेलको उत्साहजनक घरदैलामा देखिएको छ ।

चौधरीले ७४ को वाम गठबन्धनका उम्मेदवार रहनुभएका एमाले पोलिटब्यूरो सदस्य अच्यूत मैनालीलाई २ हजार ४ सय २० मतान्तरले जित हात पार पनि एमालेले पुन: मैनालीलाई नै उम्मेदवार बनाएपनि चौधरीलाई अझै सहज बनेको छ । आफ्नो प्रतिस्पर्धी भनिएको एमालेको उत्तरी क्षेत्रमा रहेको अन्तरबिरोध र गठबन्धनको नेता कार्यकर्ताको साथ नै आफ्नो रणनीति स्थापित हुने बलियो आधार भएकाे प्रष्ट नै देखिएको चौधरीकाे दावी छ ।

चौधरी समुदायको बाहुल्य रहेको यस क्षेत्रमा १ लाख १९ हजार ३ सय ७५ मतदाता रहेका छन । स्वतन्त्रसहित १७ जनाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार दिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।