९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थपिए १५ जना कोरोना संक्रमित


156
Shares

काठमाडौं । १५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ९८५ वटा नमुनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।