
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘५ तोला सुन’ विजेताको नाम घोषणा गरेको छ ।
कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने जीवन रायमाझीले ५ तोला सुन जित्न सफल हुनुभएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते सम्म नेपालीको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गसँग पर्वको खुसी साट्न लगातार ६३ दिन सम्म चल्ने “विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो” उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना एक जनालाई १ तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेतालाई आकर्षक गिफ्ट र अन्त्यमा एक जना भाज्ञशाली मेगा बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्