१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन आयोगद्वारा निर्वाचनको तयारीबारे कूटनीतिक नियोगलाई जानकारी


65
Shares

काठमाडाैं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ ।

आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो ।

आयोगकाे केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराउनुभएको हो ।

उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तराष्ट्रिय समूदायबाट पनि साथ र सहयोगको अपेक्षा गरिएकाे बताउनु भयो ।

आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था तथा पर्यवेक्षहरुको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

उहाँले निर्वाचनमा मतदान पछि सुरक्षा संवेदनशिलताको दृष्टिले महत्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरि व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

भटराईले ३ वटा अन्तराष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई निर्वाचन अनुगमनको अधिकार प्रदान गरिएको र निर्वाचनमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको बताउनु भयो ।

कार्यक्रममा विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुले संविधानमा उल्लेख भए अनुसार महिला सहभागिताको प्रत्याभूतिबारे जिज्ञासा राखेका थिए ।