१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा प्रदीप खड्का डेब्यु अभिनेताको अवार्डले सम्मानित


16.653k
Shares

काठमाडौं । अभिनेता प्रदीप खड्का भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्डले सम्मानित भएका छन् ।

खड्काले चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबबाट फिचर फिल्मतर्फ भारतमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका हुन् । गत बिहीबार देखि आइतबार सम्म भारतको आग्रामा भएको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा उनले आइतबार राती डेब्यू अभिनेताको अवार्ड जित्न सफल भएका हुन् ।

खड्काले आफूले अवार्ड जितेको खुसी सामाजिक सञ्जालमार्फत साटेका छन् । उनले फेसबुकमा हातमा अवार्ड लिएको तस्वीर सेयर गर्दै आयोजकलाई धन्यवाद दिएका छन्।

प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर उत्कृष्ट कमाइ गरेको थियो ।