
काठमाडौं । डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने गरी सर्वाेच्च अदालतले आदेश दिएकाे छ ।
ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. कार्कीको उम्मेदवारी कायम हुने गरी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आदेश दिएकाे हाे ।
तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई संयुक्त इजलासले निरन्तरता दिएको हो ।
संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया दिनुहोस्