
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन २ का प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने र चितवन ३ मा गठबन्धनबाट माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीको आलोचना गर्नुभएको छ ।
चितवनमा आज आयोजित चुनावी सभामा अध्यक्ष ओलीले समाचार पढ्नुपर्ने र बिरामी जाँच्नुपर्ने मान्छेहरू बाटो बिराएर उम्मेदवार बनेर आएको टिप्प्णी गर्नुभएको हो ।
पूर्वसञ्चारकर्मी लामिछाने, एमालेका कृष्णभक्त पोखरेल र माओवादी केन्द्रबाट डा. अधिकारी उम्मेदवार हुनुहुन्छ । तर त्यहाँ एमालेले कांग्रेसका बागी दिनेश कोइरालालाई सघाएको छ ।
कोइरालालाई ओलीले राजनीतिक मान्छे भएको भन्दै भोट माग्नुभएको छ । रहर लागेर कोइराला स्वतन्त्र उम्मेदवार नबनेको ओलीको भनाइ थियो ।
कांग्रेसको केन्द्रीय सदस्य भइसकेको व्यक्ति कोइराला निर्वाचित हुने ओलीको विश्वास छ । यस्तै अध्यक्ष ओलीले सत्ता गठबन्धनमा रहेका शीर्ष नेताहरुको पनि आलोचना गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एजेण्डा नभएकाले पराजय निश्चित भएको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्