
काठमाडौं । अमेरिकाको भर्जिनिया विश्वविद्यलायको विद्यार्थी सवार बसमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ ।
युनिभर्सिटी अफ भर्जिनियाका विद्यार्थीले भरिएको गाडी स्थलगत भ्रमणबाट फर्किएपछि बस पार्किङमा रोक्दै गर्दा अन्धाधुन्ध गोली प्रहार भएको हो । गोली लागेर मृत्यु भएका ३ नै जना विश्वविद्यालयका फुटबल टिमका खेलाडीहरु रहेको जनाइएको छ । साेही घटनामा २ जना घाइते भएका छन् ।
घटना लगत्तै पक्राउ परेका बन्दुकधारी सोही विश्व विद्यालयका २२ वर्षीय एक विद्यार्थी रहेको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्