
सिन्धुली । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारहरु अन्तिम प्रचारप्रसारमा जुटेका छन् ।
सिन्धुलीको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवारहरु आमसभा र भेला गर्दै मतदाताहरुको घर आँगनमा मत मागिरहेका छन् । तर मतदातहरु भने आफ्ना समस्याहरु उम्मेदवारहरुका सामु भनिरहेका छन् । मतदाताले मतदान गर्न ५ दिन मात्र बाँकी रहँदा क्षेत्र नम्बर १ का उम्मेदवार मतदाताहरुलाई भेटन घरदैलो गर्दै आफ्ना र पार्टीका प्रतिवद्धताहरुकाे बारेमा बताउँदै मतदाता सम्झाउन थालेका छन् ।
क्षेत्र नं १ मा नेकपा एमालेका प्रदीप कुमार कटुवाल र नेपाली कांग्रेसका श्यामकुमार घिमिरेकाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । साेही क्षेत्रमा एमालेका उम्मेदवार कटुवालले ठूला आमसभा भेला जस्ता कार्यक्रमको आयोजना गरेर निर्वाचनकाे प्रचारलाई अगाडि बढाउनुभएकाे छ । कांग्रेसका उम्मेदवार घिमिरे नयाँ रणनीतिका साथ जनताको घरदैलो अभियान सञ्चालन गरेर मततादा रिझाउन थाल्नुभएकाे छ ।
कुल १ लाख ७ हजार १ सय ३६ मतदाता रहेको सिन्धुली क्षेत्र नम्बर १ मा ६० देखि ६५ प्रतिशत मतदाताले मतदान गर्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्