१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म फ्लप भएपछि अभिनयबाट ब्रेक लिने आमिरको निर्णय


7.098k
Shares

एजेन्सी । भारतीय अभिनेता आमिर खानको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि अभिनयबाट ब्रेक लिने निर्णय गरेका छन् ।

फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर चर्चामा छन् । यस अघिका आमिरका फिल्म सबै बक्स अफिसमा सफल नै थिए । यसैबीच आमिरले आफ्नो करियरको बारेमा ठूलो खुलासा गरेका छन् ।

सोमबार भारतको दिल्लीमा भएको एक कार्यक्रममा उनले अब अभिनयबाट केही समय ब्रेक लिने बताएका छन् । अब उनले करिब डेढ वर्ष अभिनेताको रुपमा काम गर्ने छैनन् । उनले यस अघि आफू ‘लाल सिंह चड्ढा’ पछि फिल्म ‘च्याम्पियन्स’मा देखिने बताएका थिए । तर, अहिले उनी यो फिल्मका लागि अर्को कलाकारको खोजीमा रहेका छन् ।

आमिरको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा असफल रह्यो । चार वर्षपछि आमिर उक्त फिल्ममार्फत कमब्याक भएका थिए । ट्रेलर रिलिज भएलगत्तै फिल्म बहिष्कारको ट्रेण्ड सामाजिक सञ्जालमा सुरु भएको थियो । बहिष्कारको मागले लाल सिंह चड्ढा असफल बन्यो । फिल्मले लगानी पनि उठाउन सकेन ।

आफूले अभिनयबाट विश्राम लिन चाहेको भन्दै आमिरले परिवार र बच्चासँग समय बिताउन चाहेको बताएका छन् । आमिर ३५ वर्षदेखि को फिल्म यात्रालाई केहि समय विश्राम दिन चाहान्छन् ।