१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन सरकार आवश्यक : प्रधानमन्त्री देउवा


143
Shares

सुर्खेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धनले निरन्तरता पाउनुपर्ने बताउनुभएको छ ।

संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको बताउँदै उहाँले गठबन्धन दीर्घकालसम्म रहने बताउनुभयो ।

उहाँले ओलीको संसद विघटन र प्रतिगमनकारी कदमविरुद्ध गठबन्धन आवश्यक रहेको भन्दै संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वामपन्थीको गोलभित्र अंहकारी रुपमा ओली उदाएकाले वाम गठबन्धन टुटेको स्पष्ट पार्नुभयो । उहाँले अब धोकेबाजसँग कुनै समीकरण नहुने उल्लेख गर्दै देशको समृद्धिमा गठबन्धन दलको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा भएको कार्यक्रममा गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका केन्द्रिय सभापति पूर्णबहादुर खड्का र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन शीर्ष नेताहरुले आग्रह गर्नुभएको छ ।

सुर्खेत १ बाट प्रतिनीधिसभामा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का उम्मेदवार हुनुहुन्छ ।