१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शान्ति योजना बनाउन युक्रेनका राष्ट्रपतिको आग्रह


0
Shares

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इन्डोनेसियामा जी-२० बैठकमा युक्रेनमा रुसी हमला रोकी शान्ति योजना बनाउन आग्रह गरेका छन् ।

इन्डोनेसियाको बाली टापुमा जारी शिखर सम्मेलनको भिडियो लिंकमार्फत सन्देश पठाउँदै उनले रुसलाई युद्ध रोक्नबाट बाध्य तुल्याउने बताए । युक्रेनी सेनाले हालैका हप्तामा पूर्व र दक्षिणमा रुसी सेनाविरुद्ध प्रगति हासिल गरिरहेको सन्दर्भ कोट्याउँदै उनले युक्रेनको एक मात्र क्षेत्रीय राजधानी खेरसोन सहरलाई पुनः कब्जामा लिन सफल भएको धारणा व्यक्त गरे ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङ लगायत जी-२० का नेताहरूलाई शिखर सम्मेलनमा १० बुँदे शान्ति सूत्र अपनाउन र न्यायपूर्वक र संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको आधारमा युद्ध अन्त्य गर्न आह्वान गरे । सो सम्मेलनमा विश्वका अन्य नेताहरुले पनि युक्रेन मुद्दालाई प्राथमिकताका साथ उठाउने लक्ष्य लिएका छन् ।