
फाइल तस्बिर
काठमाडौं । निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार यस्तो आह्वान गर्नुभएको हो ।
उहाँले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरित मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानून बमोजिम कारबाही हुने चेतावनीसमेत दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरीसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा व्यक्तिको सामाजिक जीवनमासमेत अफ्ठ्यारो पर्नसक्ने खतरा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्