२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जित सुनिश्चित : ईश्वर पोखरेल


1.352k
Shares

काठमाडौं । मंंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले आफ्नो जित सुनिश्चित भएको बताउनुभएको छ ।

शून्य समय सुरु हुनु अघि अन्तिम समयमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक स्थायित्व नभए मुलुकलाई कसैले बचाउन नसक्ने बताउँदै राजनीतिक स्थायित्वमा जोड दिनुभयो । उहाँले एमालेमात्र बलियो पार्टी भएको जीकीर गर्दे गठबन्धनले मुलुकको नेतृत्व गर्न नसक्ने जिकिर पनि गर्नुभयो ।

उहाँले निर्वाचन देश बनाउने र बिगार्ने बीचको जनमतसंग्रह भएको बताउँदै नेपाली जनताले देश बनाउनेलाई जिताउने विश्वास व्यक्त गर्नुभयो ।