१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा निर्वाचनका लागि उच्च सुुरक्षा सतर्कता


299
Shares

बझाङ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा बझाङमा उच्च सुरक्षा सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभएकाे छ ।

निर्वाचनको तयारीका विषयमा पालिका प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरुका प्रतिनिधिसहितको कार्यक्रममा जिल्लामा निर्वाचनलाई लक्षित गरि विषेष सुरक्षा योजना बनाएको समेत बताउनुभएकाे हाे । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धादलीरहित बनाउनका लागि सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयाे । गाउँपालिका प्रमुखलाई समेत निष्पक्ष भएर निर्वाचनलाई सघाउनका लागि समेत उहाँले आग्रह गर्नुभयो ।

उहाँले जिल्लामा संवेदनशील मतदान स्थलको वर्गिकरण, सोही अनुसारको सुरक्षा योजना बनाएको, निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको परिचालनलाई प्रभावकारी बनाएको समेत बताउनुभयो । निर्वाचनका बेला अप्रिय घटना हुन नदिन जिल्ला भरी मदिरा निषेध गर्नुका साथै घरेलु हात हतियारको प्रयोग लगायतका कुराहरुमा समेत संवेदनशील भएको बताउनुभयो ।

मतपेटिका, मतपत्र अन्य आवश्यक सामग्रीको ढुवानी, मतदान स्थलको अनुगमन र पूर्वाधार व्यवस्थापन समेत भएकोले निर्वाचनलाई सान्तिपूर्वक सम्पन्न गर्नका लागि घुम्ती टोली तथा सम्पर्क ब्यक्तिको व्यवस्थापन गरी सकेको छ । निर्वाचनलाई स्वच्छ, निस्पक्ष र विश्वसनीय रुपमा शान्तिपूर्वक र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि स्थानीय सरकार, उम्मेदवार र आम नागरिकको समेत सहयोगको अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।

आचारसंहिताको पालना, निर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धित निकायहरुसँग समन्वय गरी सतर्क अवस्थामा राखिएको छ । जिल्लाको सबै भन्दा विकट तथा दुर्गम मानिने साईपाल गाउँपालिकामा निर्वाचन सम्बन्धी समग्रीसहित कर्मचारी पठाईसकेको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताउनुभयो । जिल्लाका केन्द्रहरुमा समेत कर्मचारी र सुरक्षाकर्मी लगायतका मतदान सामग्री समेत पुगी सकेको मुख्य निर्वाचन अधिकृत नन्दकिशोरप्रसाद यादवले जानकारी दिनुभयो ।

निलला भरी १ लाख २२ हजार ३ सय ७६ मतदाता मध्ये ६० हजार ६९४ महिला ६१ हजार ६८२ पुरुष मतदाता रहेका छन् । त्यस्तै जिल्ला भरी १ सय ३५ वटा मतदान स्थल र १ सय ८६ वटा मतदान केन्द्र रहेका छन् । जिल्ला भरी स्थानीय तहको भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन गरिको छ । जिल्ला भरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

जिल्ला भरी ५६ वटा अतिसंवेदनशील मतदान स्थल, ५८ वटा संवेदनशील मतदान स्थल र २१ वटा सामान्य मतदान स्थल रहेका छन् ।