२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निर्वाचनमा खटिएकी शिक्षिकाको निधन


14.3k
Shares

धनकुटा । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिएकी एक कर्मचारीको निधन भएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कुुसेटारको सिद्धेश्वरी आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा लिम्बुको निधन भएको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुुभयो ।

उच्च रक्तचापबाट पीडित रहेकी शिक्षिका मतदान केन्द्रमा सर्वदलिय बैठक चलिरहेका बेला अचानक बिरामी परेपछि उपचारका लागि लैजाँदै गर्दा बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।